News Griha :: न्यूजगृह
खराबका मौसमका कारण अधिकांश उडान प्रभावित, भुटान एअर फेरि काठमाडौं फर्कियो

काठमाडौं—  खराब मौसमका कारण तराई क्षेत्रका अधिकांश विमानस्थलमा उडान र अवतरण हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप परेको छ।

तराई क्षेत्रका विमानस्थलमा हुस्सु र तुवाँलोका कारण समयमै उडाउन नसकेपछि त्यसको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको हो।

यस्तै, काठमाडौंबाट भुटानको पारो विमानस्थलका लागि उडान भरेको भुटान एअर अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १७:४९
Weather Update