News Griha :: न्यूजगृह
टिकटकमाथिको प्रतिबन्ध खुला गर्न सांसद साहको माग
टिकटकमाथिको प्रतिबन्ध खुला गर्न सांसद साहको माग सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरे। 
झापामा आमासहित २ नाबालक छोरा घरभित्रै मृत अवस्थामा भेटिए 
झापामा आमासहित २ नाबालक छोरा घरभित्रै मृत अवस्थामा भेटिए  झापामा २ नाबालक छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन्। शुक्रबार झापाको शिवसताक्षी नगरपालिका–३ स्थित अञ्जली बेस्रा र उनका २ छोरा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले न्यूजगृहलाई जानकारी दिए। 
चितवन दुर्घटनाः उपचारका क्रममा कार चालकको मृत्यु
चितवन दुर्घटनाः उपचारका क्रममा कार चालकको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ। 
भत्ता नपाएपछि संसद् सचिवालयका कर्मचारी आन्दोलनमा, यस्ता छन् ११ माग 
भत्ता नपाएपछि संसद् सचिवालयका कर्मचारी आन्दोलनमा, यस्ता छन् ११ माग  संघीय संसद् सचिवालयका कर्मचारीहरुले विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन्।  आफूहरुले कार्यालय समय भन्दा पनि अतिरिक्त काम गर्नु पर्ने तर त्यसको भत्ता नपाएको विषयसहित अन्य मागहरु लिएर कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।  आज उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाए।  
प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे हेटौँडा सबस्टेशन
प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे हेटौँडा सबस्टेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४०० केभीको हेटौँडा सबस्टेशन उद्घाटन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्मित सो सबस्टेशनको उद्घाटन गरेका हुन्।ग्यास इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेशन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन...
माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, कावासोती नगरपालिकामा आज शोक बिदा 
माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, कावासोती नगरपालिकामा आज शोक बिदा  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाले आज शोक बिदा दिएको छ।  कावासोती–२ को फलफूल चोकदेखि पूर्वमा नाला निर्माणका क्रममा माटोले पुरिएर लक्ष्मीनगरका तीन जानाको मृत्यु भएको थियो। 
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन्।
भारतको सम्पन्न निर्वाचनबारे अमेरिकाको प्रतिक्रिया यस्तो 
भारतको सम्पन्न निर्वाचनबारे अमेरिकाको प्रतिक्रिया यस्तो  भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनबारे अमेरिकाले प्रतिक्रिया जनाएको छ। अमेरिकाले भारतको निर्वाचनलाई ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ। 
सार्वजनिक यातायातमा सुधार कसरी गर्ने?
सार्वजनिक यातायातमा सुधार कसरी गर्ने? मानिस वा मालसामान एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउने काम यातायातको साधनले गर्दछ। हाम्रो देशको भौगोलिक हिसाबले सडक यातायात नै निर्विकल्प माध्यम हो। हवाई यातायात अत्यन्तै महँगो र रेल यातायातको विकास तथा विस्तार नहुँदासम्म मोटरगाडी नै हाम्रो देशको निर्विकल्प साधन हो।
सांसदको प्रश्नमा सरकारले बेवास्ता गरेपछि सभामुखको ‘रुलिङ’ 
सांसदको प्रश्नमा सरकारले बेवास्ता गरेपछि सभामुखको ‘रुलिङ’  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा उठेका सवालका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्। आज बसेको बैठकमा सभामुख घिमिरेले संसद्को शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका हुन्। आजको बैठकमा पनि सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा विभिन्न सवाल उठाएका थिए।
विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालियो 
विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालियो  नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो।
बागमती सरकारको निर्णयः पञ्चवर्षीय योजना स्वीकृतदेखि अस्पताल निर्माणसम्म 
बागमती सरकारको निर्णयः पञ्चवर्षीय योजना स्वीकृतदेखि अस्पताल निर्माणसम्म  बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१–८२ देखि ०८५–८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए। 
Weather Update