माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, कावासोती नगरपालिकामा आज शोक बिदा

काडमाडौं—नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाले आज शोक बिदा दिएको छ।
कावासोती–२ को फलफूल चोकदेखि पूर्वमा नाला निर्माणका क्रममा माटोले पुरिएर लक्ष्मीनगरका तीन जानाको मृत्यु भएको थियो।
मृत्यु हुनेहरुमा कावासोती–५ घर भएका ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया मस्त्राङ्गी र ३२ वर्षीया चमेली सिंजाली रहेका छन्।
उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार (आज) को दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए। 
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १२:४२













