News Griha :: न्यूजगृह
महिला नेतृलाई देउवाको सुझाव– विद्यादेवी भण्डारीले जस्तै छलाङ मार्नेगरी काम गर्नुस्  
महिला नेतृलाई देउवाको सुझाव– विद्यादेवी भण्डारीले जस्तै छलाङ मार्नेगरी काम गर्नुस्   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन्। लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताए। 
ऐतिहासिक खुमखानी ओझेलमा, ‘प्लस टु’ पास गरेका भेटिनै मुस्किल
ऐतिहासिक खुमखानी ओझेलमा, ‘प्लस टु’ पास गरेका भेटिनै मुस्किल दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन। तुलसीपुर उपमहानगरपालिका–४ स्थित यस गाउँका बासिन्दा सडक नहुँदा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै धेरैले ज्यान गुमाउनुपरेको छ। 
बजेटमा योजना छनोटबारे मन्त्रीहरुसँग प्रधानमन्त्री नै असन्तुष्ट  
बजेटमा योजना छनोटबारे मन्त्रीहरुसँग प्रधानमन्त्री नै असन्तुष्ट   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा योजना छनोट गर्दा मन्त्रीहरुले सरकारको निर्देशन नटेरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन्।३ करोड भन्दा तलका आयोजनाहरु संघले नहेर्ने यसअघि नै प्रधानमन्त्री प्रचण्डले उद्घोष गरेका थिए। तर बजेटमा ती आयोजनाहरु पनि संघ अन्तर्गतले नै हेर्ने गरी राखिएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन्।  
काभ्रेमा एग्रोभेट अनुगमनः केहीमा सिल, केही पसले फरार
काभ्रेमा एग्रोभेट अनुगमनः केहीमा सिल, केही पसले फरार कृषि तथा पुशपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेन्टाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा जिल्लाका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ। 
प्रधानमन्त्रीलाई सांसदकाे प्रश्नः आफ्नो क्षेत्रमा बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो? 
प्रधानमन्त्रीलाई सांसदकाे प्रश्नः आफ्नो क्षेत्रमा बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो?  सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा एमालेका सांसद ठाकुर गैरेले आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजान मन्त्री नै हुनुपर्ने हो? भन्दै प्रश्न गरे। ‘प्रधानमन्त्रीज्यू आफ्नो जिल्लामा आम जनताले चाहे जस्तो विकास योजना र बजेट लैजान मन्त्री...
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ। अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।
आईसीसी टी–२० विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली टोली
आईसीसी टी–२० विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली टोली आईसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्। 
सांसदहरुलाई प्रधानमन्त्रीको जवाफ– म व्यस्त भएर संसद् नआएको हो, भागेको होइन 
सांसदहरुलाई प्रधानमन्त्रीको जवाफ– म व्यस्त भएर संसद् नआएको हो, भागेको होइन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू व्यस्तताको कारण आफू संसद्मा नियमित रुपमा उपस्थित हुन नसकेको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। उनले आफूले भारत भ्रमणका विषयमा सभामुखमार्फत् संसद्मा जानकारी गराउन आग्रह गरेको समेत बताए। यसअघिको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी, अन्य प्रतिपक्षी र...
‘अब राती बुढी ताती’ शब्दले संसद्मा हंगामा  
‘अब राती बुढी ताती’ शब्दले संसद्मा हंगामा   प्रतिनिधि सभामा सांसदले असंसदीय भाषा प्रयोग गरेको भन्दै हंगामा भएको छ। आज बसेको प्रतिनिधि सभाको शून्य समयमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले बोलेका शब्दमाथि अरु सांसदले आपत्ति जनाएपछि संसद्को रेकर्डबाट हटाइएको हो। थापाले आफ्नो गृहजिल्ला प्यूठानको गर्मीनी–जामुन सडकखण्ड पहिरोका कारण बन्द भएको बताए। साथै वर्षेनी उक्त सडकमा माथिबाट पहिरो खस्ने...
हुरी बतासको कारण बाँकेमा विद्युत् आपूर्ति बन्द
हुरी बतासको कारण बाँकेमा विद्युत् आपूर्ति बन्द बाँकेमा गए राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पुर्‍याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ। 
 पर्खाल भत्केर बाँकेमा एकको मृत्यु 
 पर्खाल भत्केर बाँकेमा एकको मृत्यु  कोहलपुर–१४  वीरगञ्जका मीना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु
भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ । मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएका छन् ।
Weather Update