दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने– घमण्ड नगरी विनयशील हुनोस् शनिबार, पुस १३, २०८१

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित शनिबार, पुस १३, २०८१ त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।

म्यासेडोनिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एकजना पक्राउ शनिबार, पुस १३, २०८१ पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्दै ठगी गरेको उनीमाथि आरोप थियो।

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ शनिबार, पुस १३, २०८१ माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए।

कैलालीबाटै चुनाव लड्ने आरजुको उद्घोष शनिबार, पुस १३, २०८१ यसअघि धनगढी क्षेत्रबाट उम्मेदवार भएपनि निर्वाचनमा पराजित भएकी थिइन् । उनले पार्टी पंक्ति एक ढिक्का हुनुपर्नेमा जोड दिएकी छिन् । राजनीति व्यक्तिगत लाभका लागि गर्न नहुने उनको भनाइ थियो । ‘सानोसानो बच्चा जस्तो झगडा गरिरहेका छौं हामी,’ उनले भनिन्, ‘यस्तो कुरा राजनीतिक चरित्र होइन ।’

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु शनिबार, पुस १३, २०८१ ‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ’, प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।’ यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजनाले दियो ९७ परिवारलाई क्षतिपूर्ति शनिबार, पुस १३, २०८१ प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

सिचुवानको जहाज र उराठिलो माछापुछ्रे शनिबार, पुस १३, २०८१ अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पुर्याउनु आवश्यक रहेको र जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ । जलवायु परिर्वतको कारकको रूपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असर खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानिनोक्सानीको पुनर्भरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा...

राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत शनिबार, पुस १३, २०८१ म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले ठेक्का पाएको थियो।

कार्यकक्षमै प्रहरी जवानले चलाए आफैमाथि गोली शनिबार, पुस १३, २०८१ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैमाथि गोली चलाएका छन्।शुक्रबार साँझ २१ वर्षीय प्रहरी जवान चक्रप्रसाद न्यौपानेले कार्यकक्षभित्रै पेस्तोलले आफ्नै टाउकोमा गोली प्रहार गरेका हुन्। टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
-1702886488.jpeg)
त्रिविका १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै शनिबार, पुस १३, २०८१ दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ। समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम् त्रिवी परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन शनिबार, पुस १३, २०८१ सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो ।

हुम्लामा तेस्रो पटक हिमपात शनिबार, पुस १३, २०८१ शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।