News Griha :: न्यूजगृह
गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती  र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम...
पुस महिनामा दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प
पुस महिनामा दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा  शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिए।
प्रधानमन्त्री ओलीले लिए उद्योग मन्त्रालयसँग ब्रिफिङ
प्रधानमन्त्री ओलीले लिए उद्योग मन्त्रालयसँग ब्रिफिङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो।
वर्षमान पुनको दाबी- कांग्रेस नेताहरूले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन्
वर्षमान पुनको दाबी- कांग्रेस नेताहरूले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेसका नेताहरूले वर्तमान एमाले नेतृत्वको सरकार फेर्न प्रस्ताव ल्याएको दाबी गरेका छन्।
अन्डाको मूल्य एक हप्तामै दुई पटक बढाइयो
अन्डाको मूल्य एक हप्तामै दुई पटक बढाइयो अन्डाको मूल्य एक हप्तामै दुई पटक बढाइएको छ । भोलिदेखि लागु हुने गरी ठूलो र मिडियम अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको हो ।नेपाल लेयर्स कुखुरा पालक संघले यही पुस ५ गते पनि अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको थियो । यही अनुसार एक हप्तामै अन्डाको मूल्य प्रतिक्रेट ३०...
राष्ट्रिय परिचयपत्र विवाद : पूर्ण इजलासमा पठाइयो
राष्ट्रिय परिचयपत्र विवाद : पूर्ण इजलासमा पठाइयो न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार र शुक्रवार (दुई दिन) सुनुवाइ पछि यस्तो आदेश गरेको हो । परिचयपत्र सम्बन्धी चार थान मुद्दा एकै ठाउँमा राखी सुनुवाइ भएको थियो । अधिवक्ता रामबहादुर राउतसहितले सुरुमा राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा लागू हुन नसक्ने भन्दै रिट दायर गरेका थिए ।
कास्की अदालतको इजलासमा २६ बढी प्रश्नको सामना गरेका रवि लामिछानेले दिए इन्कारी बयान
कास्की अदालतको इजलासमा २६ बढी प्रश्नको सामना गरेका रवि लामिछानेले दिए इन्कारी बयान सहकारी ठगीसहितका तीन अभियोगमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेले अदालतमा इन्कारी बयान दिएका छन् ।  कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनले इन्कारी बयान दिएका हुन् । बिहीबार र शुक्रबार भएको बयानका क्रममा न्यायाधीशले उनलाई २६ भन्दा बढी प्रश्न गरेका थिए । 
धादिङमा माइक्रोबस दुर्घटना
धादिङमा माइक्रोबस दुर्घटना दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ । गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीलोकमार्गमा माइक्रोबस दुर्घटना भएको हो । घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि सडकमा कुनै अवरोध भएको छैन ।
रवि लामिछानेको बयान सकियो
रवि लामिछानेको बयान सकियो पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो ।
लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले हस्ताक्षर गरेको १९ बुँदे साझा प्रतिबद्धता पत्रमा के छ?
लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले हस्ताक्षर गरेको १९ बुँदे साझा प्रतिबद्धता पत्रमा के छ? लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता गरेका छन्।दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारको विषयलाइ सम्बोधन गर्नेगरी दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।
Weather Update