News Griha :: न्यूजगृह
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँ घटेको हो । 
कालीकोटमा भूकम्पको धक्का
कालीकोटमा भूकम्पको धक्का कालीकोटमा भूकम्प गएको छ । आज बिहान ५ बजेर ९ मिनेट जँदा ओडानकु केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आज कुन तरकारीको मूल्य कति?, हेर्नुहोस् सूची
आज कुन तरकारीको मूल्य कति?, हेर्नुहोस् सूची आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल)...
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । 
दक्षिण कोरियाको एअरपोर्टमै जहाज दुर्घटना, २८ जनाको मृत्यु
दक्षिण कोरियाको एअरपोर्टमै जहाज दुर्घटना, २८ जनाको मृत्यु दुर्घटनामा २८ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। १७५ यात्रु र चालक दलका ६ सदस्य रहेको जहाज अवतरणका क्रममा धावनमार्ग बाहिरिँदै पर्खालमा ठोक्किएको थियो।
आज पनि बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो?
आज पनि बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो? काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आज बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ।
फाकफोकथुममा खानेपानी नभएपछि स्थानीय भन्छन्, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
फाकफोकथुममा खानेपानी नभएपछि स्थानीय भन्छन्, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ। यहाँको मुख्य समस्या खानेपानी नै हो। गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ। नजिकै कुवा, खोला र खोल्सा छैन ।
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।
यस्तो रहनेछ आज दिनभरिको मौसम
यस्तो रहनेछ आज दिनभरिको मौसम देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । साथै सोमबार बिहान तराई तथा काठमाडौँ उपत्यका र खोचमा हुस्सु लाग्ने सम्भावना छ ।
दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ
दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।
गिरिबन्धु, यती, ओम्नी र वाइडबडीका भ्रष्टाचार काण्ड यसै छाडिन्न : प्रचण्ड
गिरिबन्धु, यती, ओम्नी र वाइडबडीका भ्रष्टाचार काण्ड यसै छाडिन्न : प्रचण्ड कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधनका क्रममा सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छाडिने छैन। यसका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ।’
बालिका बलात्कार गरेको आरोपमा चन्द्रागिरीबाट युवक पक्राउ
बालिका बलात्कार गरेको आरोपमा चन्द्रागिरीबाट युवक पक्राउ बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आरधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Weather Update