उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे हामी फेरि आफ्नै प्रक्रियामा लाग्नेछौं : घिसिङ बुधबार, कात्तिक २८, २०८१
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ बुधबार, कात्तिक २८, २०८१ उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको एसपी होविन्द्र बोगटीले बताए। गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दाङमा विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने बुधबार, कात्तिक २८, २०८१ दाङको शान्तिनगर गाउँपालिका २ मा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरमा विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकहरूका लागि पनि जंकफुड निषेध गरिएको छ। जंकफुड खाएर विद्यार्थीहरू धेरै बिरामी हुन थालेपछी विद्यालयमा समिति नै गठन गरेर जंकफुड निषेध गरिएको हो।
डेङ्गुबाट कृषि वैज्ञानिक पौडेलको मृत्यु बुधबार, कात्तिक २८, २०८१ धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डाक्टर कृष्ण पौडेलको डेंङ्गुको संक्रमणका कारण मृत्यु भएको छ।
कोप के हो?, यस्ता छन् कोप–२९ का प्राथमिकता बुधबार, कात्तिक २८, २०८१ अजरबैजानको राजधानी बाकुमा अहिले करिब २०० देशका प्रतिनिधिहरु विश्वव्यापी जलवायु वार्ताका लागि भेला भएका छन्। जलवायु परिवर्तन ग्रहको रक्षामा गम्भीर चुनौती बन्दै गएको छ। पृथ्वीको बढ्दो तापमान बृद्धिसँगै जलवायु जन्य विपद्को संकट सामना गर्न कठिन बन्दै गएको छ।
उपचुनावमा विचार मिल्नेहरूसँग गठबन्धन गर्दै एकीकृत समाजवादी बुधबार, कात्तिक २८, २०८१ समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो।
प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा बुधबार, कात्तिक २८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्।परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।
लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? बुधबार, कात्तिक २८, २०८१ मंगलबार प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत भेटिइन् बुधबार, कात्तिक २८, २०८१ सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन्। पुजारी सरस्वती राजी आज बिहान मन्दिरको मूल ढोकामा घाँटीको पासो लागेको अवस्थामा मृत फेला परेकी हुन्।
दोस्रो दिनको बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगियो बुधबार, कात्तिक २८, २०८१ जिल्ला प्रहरी कार्यालयबाट अहिले बयानको लागि सरकारी ल्याएको हो। बुटवलमा सुपिम सहकारी गठी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याएको थियो।
कोप–२९ : राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्ने बुधबार, कात्तिक २८, २०८१ ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मंगलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।
पशुलाई निर्दयी व्यवहार गर्ने पक्राउ बुधबार, कात्तिक २८, २०८१ बुधबार बिहान ४ बजेतिर गोरुसिंगे–तौलिहवा सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–३, चौबीस हजार पुलबाट ना६ख १३०५ नम्बरको ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–१०, भोलाटारका ३५ वर्षीय भीमबहादुर तितुङ पक्राउ परेका हुन्।
२८ उद्योगमा बिजुली जोडिँदै बुधबार, कात्तिक २८, २०८१ विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मंगलबार बिजुली जोड्ने निर्णय गरेको थियो। आइतबार मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।