२६०९ विन्दुमा नेप्से, साढे पाँच अर्बको शेयर किनबेच आइतबार, पुस १४, २०८१

बर्दियामा मंसिरमा मात्र २ वटा बाघ र एउटा चितुवा मृत अवस्थामा भेटिए आइतबार, पुस १४, २०८१ ती दुवै बच्चा आहारको कमीले मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख विजयराज सुवेदीले बताए । गत मंसिर २१ गते चितुवा पनि मृत अवस्थामा जनशक्ति करेलिया सामुदायिक वन,बारबर्दियामा फेला परेको थियो ।

श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन आइतबार, पुस १४, २०८१ मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो। समितिको आइतबारको बैठकले सरकारलाई धन्यवाद दिँदै नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

सेनाका उपरथी र प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने आइतबार, पुस १४, २०८१ नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक (एआईजी) र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकले पनि विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउने भएका छन् ।

कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ आइतबार, पुस १४, २०८१ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्।

कीर्तिपुरमा उम्मेदवारी नदिएकोमा रास्वपामा उठ्यो प्रश्न आइतबार, पुस १४, २०८१ कीर्तिपुरमा अन्तिम समयमा आएर रास्वपाले उम्मेदवारी दिएको थिएन। त्यहाँ जयराम कार्की प्रमुखमा एकल सिफारिस भएका थिए। उनी रास्वपाको नगर समितिको सभापति पनि हुन्। मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

सोलुखुम्बुमा पाइपमै जम्न थाल्यो पानी, जनजीवन प्रभावित आइतबार, पुस १४, २०८१ सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो। सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।

पूर्वन्यायाधीश वस्तीको निधनमा सर्वोच्चका सबै पेसी स्थगित आइतबार, पुस १४, २०८१ बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको उनले बताए ।

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण आइतबार, पुस १४, २०८१ आइतबार बिहान अल्फा किलो गल्फ कलसाइन भएको हेलि एभरेष्टको हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै गर्दा चरा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी आइतबार, पुस १४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् ।गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ...

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट आइतबार, पुस १४, २०८१ उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।

अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार आइतबार, पुस १४, २०८१ विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार...

पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै आइतबार, पुस १४, २०८१ बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आज (आइतबार) फेरि ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।