बर्दियामा मंसिरमा मात्र २ वटा बाघ र एउटा चितुवा मृत अवस्थामा भेटिए
बर्दिया— डिभिजन वन कार्यालय,बर्दियाअन्तर्गत सामुदायिक वनमा गत मंसिर महिनामा मात्रै दुई पाटे बाघ र एउटा चितुवा मरेका छन् ।
गत मंसिर ५ गते मधुवन नगरपालिका–८ स्थित गणेश शिव सामुदायिक वनमा पाटे बाघको पोथी बच्चाको मृत्यु भएको छ । यसैगरी राजापुर नगरपालिका–४ शक्तिघाटनजिक पाटे बाघको पोथी बच्चा मंसिर २४ गते मृत अवस्थामा भेटिएको थियो ।
ती दुवै बच्चा आहारको कमीले मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख विजयराज सुवेदीले बताए । गत मंसिर २१ गते चितुवा पनि मृत अवस्थामा जनशक्ति करेलिया सामुदायिक वन,बारबर्दियामा फेला परेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ १५:२४