कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणको सुल्झियो विवाद मंगलबार, पुस १६, २०८१

काठमाडौं उपत्यका र तराईमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ? मंगलबार, पुस १६, २०८१ बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरि केबलकार अवरुद्ध, १ हजार यात्रु अलपत्र सोमबार, पुस १५, २०८१ ‘केबलकारको हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरि हिल्समा रहेका यात्रुलाई काठमाडौं ल्याउन २ बस र ५ साना गाडी गरी ७ वटा सवारीसाधन पठाइएको छ’, उनले भने, ‘केबलकारको सञ्चालन परीक्षण भइरहेको छ ।’

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध सोमबार, पुस १५, २०८१ मुगु कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई सोमबार, पुस १५, २०८१ पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ...

विदेशबाट आउनेमा देखिन थाल्यो ‘मंकीपक्स’ तर सरकारले गरेको छैन रोकथामको तयारी सोमबार, पुस १५, २०८१ यसअघि गत पुस ५ गते साउदी अरेबियाबाट आएका एकजनामा मंकीपक्स पुष्टि भएको थियो। तनहुँ घर भएका ३६ वर्षीय ती पुरुष सुरुमा ग्राण्डी इन्टरनेशनल अस्पताल उपचारको लागि पुगे पनि मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु अस्पताल रिफर भएका थिए। त्यहीबाट नमूना राष्ट्रिय प्रयोगशालाम परीक्षण गर्दा मंकीपक्स पुष्टि भएको थियो।

नेकपा एसमा आउने सम्भावना कायम छ : वामदेव गौतम सोमबार, पुस १५, २०८१ सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो। भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए। उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको जानकारी दिए।

क्यान्सरविरूद्धको थप ५ लाख मात्रा एचपीभी खोप ल्याइयो सोमबार, पुस १५, २०८१ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) विरूद्धको खोप ल्याइएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार ४ लाख ९६ हजार २८० मात्रा खोप ल्याइएको छ। सरकारले यसअघि पनि दुईपटक एचभिपी खोप ल्याइसकेको छ। उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ।

भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने सोमबार, पुस १५, २०८१ त्यसपछि मात्रै उनले पार्टी घोषणा गर्ने उनीनिकटले बताएका छन्। उनीनिकट एकिन्द्र कुँवरले पनि वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए। रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो।

अयोध्या पुगेर पोखरा फर्कियो नेपाली गिद्ध सोमबार, पुस १५, २०८१ नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका गिद्धविज्ञ भुसालले गत असोज २ गते पाँचवटा गिद्धमा स्याटेलाइट ट्याग लगाएका थिए । पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ट्याग लगाइएको हो । तीनवटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ट्याग लगाइएको...

सहकरीमा बचत गर्दा स्रोत खुलाउनुपर्ने सोमबार, पुस १५, २०८१ यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार जारी भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेश ऐनसरह मान्य हुनेछ । तर, यस्तो अध्यादेश जारी भएपछि संघीय संसद्को दुवै सदनमा पेस गरिनेछ । दुवै सदनले स्वीकार नगरेमा स्वतः यो अध्यादेश निष्क्रिय हुनेछ ।

किवीबाट जाम र वाइन, दोब्बर आम्दानी सोमबार, पुस १५, २०८१ दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए । उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् । किवीको बिक्रीबाट किसानले प्रतिकेजी रु दुई सय...

नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती सोमबार, पुस १५, २०८१ ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।