पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना मंगलबार, कात्तिक २७, २०८१
रविलाई आज रूपन्देही लगिँदै, रास्वपाले प्रदर्शन गर्ने मंगलबार, कात्तिक २७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मङ्गलबार बयानका लागि रूपन्देही लगिँदै छ। रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनेको बताए।
आज हरिबोधिनी एकादशी, तुलसी विवाह गर्ने दिन मंगलबार, कात्तिक २७, २०८१ सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभरि ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ।
फिरन्ते जीवन बाँच्दै आएका राउटेको अस्तित्व सङ्कटमा, जनसङ्ख्या १३५ मात्रै मंगलबार, कात्तिक २७, २०८१ आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन्। 'हाम्रा बाजेहरूको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ,’ मुखिया शाहीले भने, ‘हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले।’
उद्योगमा विद्युत् लाइन जोड्न प्राधिकरण सञ्चालक समितिको बैठक बस्न आवश्यक छैनः ऊर्जामन्त्री सोमबार, कात्तिक २६, २०८१ नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सोमबार खड्काले उक्त दाबी गरेका हुन्।
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेट सोमबार, कात्तिक २६, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेट भएको हो।
विद्युत् महसुल बक्यौताबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ] सोमबार, कात्तिक २६, २०८१ सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।
पाकिस्तानमा उच्च वायु प्रदूषण : काठमाडौंसम्म असर सोमबार, कात्तिक २६, २०८१ काठमाडौं उपत्यका र भारतसँग सीमा जोडिएका सहरहरूमा केही दिनयता वायु प्रदूषण बढिरहेको छ।
मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त, कसलाई कहाँ जिम्मेवारी? सोमबार, कात्तिक २६, २०८१ निर्वाचन आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको जनाएको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, कात्तिक २६, २०८१ सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।
गलत गर्ने जुनसुकै दलको भएपनि सरकारले छोड्दैन : सञ्चारमन्त्री गुरुङ सोमबार, कात्तिक २६, २०८१ सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए।
संयुक्त राष्ट्रसंघले भन्यो— सन् २०२४ अहिलेसम्मकै गर्मी वर्ष सोमबार, कात्तिक २६, २०८१ मौसम विज्ञान सङ्गठनले त्यसलगायत अन्य चिन्ताजनक निष्कर्षहरू पनि सार्वजनिक गरेको छ।
रवि लामिछानेलाई भेट्न हिरासत पुगे डीपी र स्वर्णिम सोमबार, कात्तिक २६, २०८१ सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका हुन्। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका सभापति लामिछानेलाई अदालतले हिजो १३ दिनको म्याद थप गरेको छ।