एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा

काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज जनकपुरमा भव्यताका साथ नगरपरिक्रमा गराइएको छ ।
जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् ।
विजय यात्रा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरू भएर थापा चोक हुँदै पिडारीचोक, रामानन्दचौक, बजरंगचोक, भ्रमरपुराचोक, जिरोमाइल,विश्वकर्माचोक,मुरलीचोक, रामचोक हुँदै जानकी मन्दिरमा समापनको कार्यक्रम गरिनेछ ।
गत शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १४:२३