हालान्ड पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो सिटी

काठमाडौं— एर्लिङ हालान्ड पेनाल्टीमा चुक्दा घरेलु टोली म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ को बराबरीमा रोकिएको छ।
यो नतिजासँगै १८ खेलमा २८ अंक जोडेको सिटी छैटौं स्थानमा छ। एभर्टन १७ खेलबाट १७ अंकका साथ १५औं स्थानमा छ।इत्तिहाद रंगशालामा सिटीका लागि बर्नान्डो सिल्भा र एभर्टनका लागि लिम्यान एनडिआयीले गोल गरे।
खेलको १४औं मिनेटमा सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो। ३६औं मिनेटमा एनडिआयीले एभर्टनका लागि बराबरी गोल फर्काए।
हाल्यान्ड पेनाल्टीमा चुक्दा सिटीले ५३औं मिनेटमा अग्रता लिने अवसर गुमायो। उनको प्रहारलाई एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले बचाए।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ ०६:३१