News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक स्थगित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधका कारण आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न सकेन।दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो सवा ३ बजेका लागि सारेका थिए। तर, संसद् सञ्चालनको वातावरण नबनेपछि अपरान्ह ४ बजे बैठक स्थगित भएको हो।
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए।
५०.७३ अंकले घट्यो नेप्से
५०.७३ अंकले घट्यो नेप्से नेप्से घटेको दिन ३ वटा कम्पनीको शेयरमा भने सकारात्मक सर्टिक लागेको छ। रिभर फल्स पावर, हिमालय हाइड्रो र रावा इनर्जी डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको हो। तर, २५६ कम्पनीको शेयर भने घाटामा कारोबार भएको छ। 
एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाइ हुने
एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाइ हुने २०८० मंसिर २२ मा प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। यो मुद्दामा पेसी चढेपछि नटुङ्गिँदासम्म पूर्ण (लगातार) सुनुवाइ हुने भएको हो। एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदनमा यसअघि सर्वोच्चले एनसेललाई शेयर बिक्री गर्न दिनुको कारण सोधेको थियो।
मुकुलको दाबी– रविले सहकारीबाट करिब ९५ करोड ठगेका छन्‚ प्रमाण छ
मुकुलको दाबी– रविले सहकारीबाट करिब ९५ करोड ठगेका छन्‚ प्रमाण छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्।
प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने माओवादीको निर्णय
प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने माओवादीको निर्णय प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ। सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो।
एक वर्षमा अख्तियारमा करिब २७ हजार भ्रष्टाचारका उजुरी, साढे १३ हजार तामेलीमा
एक वर्षमा अख्तियारमा करिब २७ हजार भ्रष्टाचारका उजुरी, साढे १३ हजार तामेलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०–०८१ मा २६ हजार ९ सय १८ उजुरीहरू परेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त जानकारी दिएका हुन्।
प्रतिनिधि सभा बैठक एक घण्टा सर्‍यो, माओवादी आन्तरिक छलफलमा
प्रतिनिधि सभा बैठक एक घण्टा सर्‍यो, माओवादी आन्तरिक छलफलमा राष्ट्रिय दलका सचेतक र प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक १ घण्टाका लागि सारेका छन्। सिंहदरबारमा बोलाइएको बैठकमा भएका छलफलबारे नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल गरेर जानकारी गराउने भनेपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो।
सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय
सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष सकिएको छ।सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै सहमति नभएको हो।
पारिश्रमिक विवादः अपर त्रिशूली जलविद्युत् आयोजनामा मजदुरद्वारा तोडफोड
पारिश्रमिक विवादः अपर त्रिशूली जलविद्युत् आयोजनामा मजदुरद्वारा तोडफोड नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा रसुवाको उत्तरगया र आमाछोदिङ गाउँपालिका–१ स्थित मैलुङमा निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर शनिबार कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण कार्य रोकिएको हो।
मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्। 
कोलकाता बलात्कार घटना: मेडिकल कलेजका पूर्वप्रमुख र पुलिस इन्चार्ज पक्राउ
कोलकाता बलात्कार घटना: मेडिकल कलेजका पूर्वप्रमुख र पुलिस इन्चार्ज पक्राउ भारतीय मिडियाका अनुसार सीबीआईले उनीहरूलाई प्रमाणसँग छेडछाड गरेको, बेपत्ता पार्ने र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो। अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेस गरिने छ। 
Weather Update