News Griha :: न्यूजगृह
प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने माओवादीको निर्णय

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ। 

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो।

छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो।

माओवादी जनयुद्धलाई हिंसा भन्ने एमालेले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट नहटाउने सभामुखको रुलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:१३
Weather Update