News Griha :: न्यूजगृह
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा कालिगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
नेपाल क्यानडासँग १०३ रनले पराजित
नेपाल क्यानडासँग १०३ रनले पराजित सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए। नेपालले बुधबार ओमानसँग खेल्नेछ। नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौँ स्थानमा छ। क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ। नेदरल्याण्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ।
नेपालले टस जितेर रोज्यो फिल्डिङ [LIVE]
नेपालले टस जितेर रोज्यो फिल्डिङ [LIVE] नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँग हुने खेलमा नेपालले फिल्डिङ गरिरहेको छ।नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।
खोला किनारको २० मिटर विवाद : सरकारले सर्वोच्चमा दियो पुनरावलोकन निवेदन
खोला किनारको २० मिटर विवाद : सरकारले सर्वोच्चमा दियो पुनरावलोकन निवेदन उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको थियो।
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस सोमबार साँझ बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्य ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्‌मा पठाएको थियो।
नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन
नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ। गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो।
राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान
राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। सोमबार एन्फाले एक सूचना प्रकाशित गर्दै राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो।
यी हुन् लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसद
यी हुन् लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसद सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन्।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव?
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव? संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ।
नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार
नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ। सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ।
सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो
सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेस गरे लगत्तै सभामुख घिमिरेले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन्।
नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा
नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रिपरिषद्मा  पेस भइसकेको बताएका छन्।
Weather Update