सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस सोमबार, भदौ ३१, २०८१

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने सोमबार, भदौ ३१, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन्।नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्ने सोमबार, भदौ ३१, २०८१ सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ।

प्रधानमन्त्रीले कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने सोमबार, भदौ ३१, २०८१ सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने बताएका हुन्।

सदनमा प्रधानमन्त्रीले भने— नेपालको शिर निहुरिने कुनै काम गर्दिन सोमबार, भदौ ३१, २०८१ सोमबार प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्रसङ्घको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन्।

सांसदको गुनासो: ‘हामी सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो किन राखेको?’ सोमबार, भदौ ३१, २०८१ सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो राखिने गरिएको भन्दै सदनमै सांसदले गुनासो गरेका छन्। जसपा सांसद प्रकाश अधिकारीले सोमबार संसदमा जनप्रतिनिधिको सम्मान नभएको बताएका हुन्।

समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै सोमबार, भदौ ३१, २०८१ सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ।

सदनमा एमाले सांसदले भने– मेटमणि चौधरीमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ सोमबार, भदौ ३१, २०८१ नेकपा एमाले सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन्।सोमबार संसद्मा बैठकमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविपरीत तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन्।

संसद् अवरोध गर्दैनौँ, जनयुद्धलाई हिंसा भनेको पनि मान्दैनौँः माओवादी सोमबार, भदौ ३१, २०८१ प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संविधानले नै सशस्त्र संघर्ष भनेर व्याख्या गरिएको जनयुद्धलाई सत्तारुढ दलका सांसदले हिंसा भन्नु कुनै पनि हिसाबले उपयुक्त नरहेको निष्कर्ष सुनाएको छ। सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ माओवादी उपमहासचिवसमेत रहेका सांसद शक्ति बस्नेतले केही समयअघि एमाले सांसद योगेश भट्टराईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त निष्कर्ष सुनाएका हुन्।

राष्ट्रपतिले गरे संसद्को चालु अधिवेशन अन्त्य सोमबार, भदौ ३१, २०८१ विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ।

नदीले बगाएका १५ वर्षीय बालक अझै भेटिएनन सोमबार, भदौ ३१, २०८१ तनहुँमा मादी नदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन्। प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन्।

संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्ने सोमबार, भदौ ३१, २०८१ विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। अब अर्को बैठक बुधबार बस्ने संसद् सचिवालयले जनाएको छ। बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ।

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित सोमबार, भदौ ३१, २०८१ सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन्। उनी माओवादी निकट सांसद हुन्।









