धौलागिरी 'आइसफल' बुधबार, असोज २, २०८१

अबको १० वर्षपछि वृद्ध भत्ता दिन सकिँदैनः मन्त्री पौडेल बुधबार, असोज २, २०८१ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए।

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक बुधबार, असोज २, २०८१ भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रास्वपाविरुद्ध एमाले महासचिवको कटाक्षः कस्तो विकल्प र सुशासन दिन खोजेको हो, स्पष्टै भयो बुधबार, असोज २, २०८१ संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्षविपक्षमा बहस भइरहेको छ।

बडिबिल्डर खेलाडी राईको मृत्यु बुधबार, असोज २, २०८१ मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए।

रोल्पाको माडी खोलामा भेटिएको शवको पहिचान बुधबार, असोज २, २०८१ तीन दिनअघि रोल्पाको माडीखोलामा भेटिएको शवको पहिचान खुलेको छ। प्रहरीले उक्त शव माडी गाउँपालिका–६ कोर्चाबाङ सारिगा गाउँका ७६ वर्षीय वीरसिंह घर्ती मगरको भएको पुष्टि गरेको हो।प्रहरीका अनुसार उक्त शव भदौ ३१ गते सोमबार बेलुकी साढे ५ बजेतिर रोल्पा नगरपालिका–७ भलानास्थित माडी खोलामा फेला परेको थियो।

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प बुधबार, असोज २, २०८१ आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ बुधबार, असोज २, २०८१ प्रहरीले वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो।

तोलामा तीन सयले घट्यो सुनको मूल्य बुधबार, असोज २, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता बुधबार, असोज २, २०८१ दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना हुँदा सेतीमा खसेर २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो।

इटहरीमा सुरु भयो बिजुली बस सेवा बुधबार, असोज २, २०८१ नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ।इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो।

ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै बुधबार, असोज २, २०८१ यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो।

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै बुधबार, असोज २, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो पार्टीले समर्थन फिर्ता लिएसँगै दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्।









