News Griha :: न्यूजगृह
तोलामा तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं— स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ। मङ्गलबार प्रतितोला एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:१३
Weather Update