News Griha :: न्यूजगृह
इटहरीमा सुरु भयो बिजुली बस सेवा

सुनसरी— नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयास स्वरुप सेवा प्रारम्भ भएको हो।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र दिउँसो २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैयाँ तोकिएको छ।

गत साउन २२ गते रु छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको हो। अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:४०
Weather Update