कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक, यी हुन् एजेन्डा मंगलबार, फागुन ३०, २०७९

‘संविधानको सर्वोच्चतालाई कायम राख्छु’ मंगलबार, फागुन ३०, २०७९ उपराष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सफलता मिलेमा संविधानको सर्वोच्चतालाई कायम राख्ने, संरक्षण गर्ने, राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रको संरक्षण गर्ने तथा सबैलाई संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने कार्यमा काम गर्ने बताएकी छिन् ।

'अकस' सम्झौता : अमेरिकाले अस्ट्रेलियालाई ३ वटा परमाणु पनडुब्बी बेच्ने मंगलबार, फागुन ३०, २०७९ इन्डो प्यासिफिक क्षेत्रलाई 'स्वतन्त्र र खुला' राख्न भन्दै अमेरिका, बेलायत र अस्ट्रेलियालाई १८ महिनाअघि नयाँ सैनिक सम्झौता गरेका थिए । तीन देशले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रारम्भिक सम्झौता कार्यान्वयनपछि सन् २०३० सम्ममा अस्ट्रेलियाले थप दुई वटा परमाणु पनडुब्बी पनि किन्न सक्ने बताइएको छ ।

नेप्सेमा एकल अंकको वृद्धि, १ अर्ब १४ करोडको कारोबार मंगलबार, फागुन ३०, २०७९ मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ ।

पूर्वमन्त्री न्यौपानेले रुँदै भने : सुकुम्बासी हुँ, धरौटी राख्ने रकम छैन मंगलबार, फागुन ३०, २०७९ विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको उनले बताए ।

के हो मारुनी नाच? मंगलबार, फागुन ३०, २०७९ मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ । पाल्पाको ग्रामीण भेगमा पहिले मारुनी नाच्ने समूह बाक्लै भेटिन्थ्यो । हिजोआज भने केही ठाउँमा मात्रै नाच्ने गर्दा मारुनी नाच्ने समूह कम हुन थालेको छ ।

चितवनमा स्ववियुको निर्वाचन अवरोध गर्न लगाइएका ताला प्रहरीले फुटायो मंगलबार, फागुन ३०, २०७९ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै चितवनका विभिन्न ११ कलेजमा लगाएको ताला फोडेको हो ।

कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु मंगलबार, फागुन ३०, २०७९ कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ ।

निजामती अस्पतालमा जागिरको अवसर, नर्सको माग सबैभन्दा धेरै मंगलबार, फागुन ३०, २०७९ विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।

वीर अस्पतालले ५ नर्सलाई सेवाबाट हटायो मंगलबार, फागुन ३०, २०७९ पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

औषधीय गुण भएको चिराइतोको मूल्य बढेपछि ताप्लेजुङका किसान हर्षित मंगलबार, फागुन ३०, २०७९ चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ ।

बाग्लुङ बजार नजिकैको बान्द्रेगाउँमा खानेपानीको हाहाकार मंगलबार, फागुन ३०, २०७९ गाउँमा खानेपानीको समस्या समाधान गरिदिने वाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैं उस्तै ।

‘नीरफूल’ को नयाँ रिलिज डेट जेठ १९, विशेष भूमिकामा म्यान्मारका तत्कालीन राजदूत ऊ र रेखा मंगलबार, फागुन ३०, २०७९ कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आगामी जेठ १९ गतेलाई आफ्नो प्रदर्शन डेट अर्थात् मिति तय गरेको छ । वि.सं. २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण हल बन्द गरेपछि ‘नीरफूल’ को रिलिज रोकिएको थियो ।









