कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक, यी हुन् एजेन्डा

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ ।
सभापति शेरबहादुर देउवाले आज निवास धुम्बाराहीमा पदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेपछि कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ १८:५०













