News Griha :: न्यूजगृह
सांसद् सङ्ख्या घटाउन माग
सांसद् सङ्ख्या घटाउन माग सांसद् खिमलाल देवकोटाले प्रतिनिधि सभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेश सभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए । 
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको नाम बिहीबारसम्म दिन दलहरूलाई आग्रह गरेका हुन् । 
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । 
पहिचान बन्दै सिस्नो, बाँको र आलु
पहिचान बन्दै सिस्नो, बाँको र आलु वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।
बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म
बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्‍याएको हो । 
ठेकेदारको लापर्बाहीले बाँकेमा पाँच पुल अधुरै
ठेकेदारको लापर्बाहीले बाँकेमा पाँच पुल अधुरै बाँकेमा ठेकेदार कम्पनीको लापर्बाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् । 
सुनको भाउ बढ्यो, चाँदीको घट्यो
सुनको भाउ बढ्यो, चाँदीको घट्यो
मकै बालीमा ‘अमेरिकन फौजी कीरा’को प्रकोप
मकै बालीमा ‘अमेरिकन फौजी कीरा’को प्रकोप पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो । 
महोत्तरीमा खानेपानीको सङ्कट
महोत्तरीमा खानेपानीको सङ्कट घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । 
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।
Weather Update