News Griha :: न्यूजगृह
राष्ट्रिय सभाले गर्‍यो संसदीय सुनुवाइ समिति सदस्यको मनोनयन
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ । 

राष्ट्रिय सभाको बुधबारको बैठकले संसदीय सुनुवाइ समितिमा तीनजना राष्ट्रिय सभा सदस्यलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन् । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा तीन सदस्यलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए भने बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १४:२४
Weather Update