News Griha :: न्यूजगृह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह

काठमाडौं— सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरूको नाम दिन दलहरूलाई आग्रह गरेका छन् । 

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको नाम बिहीबारसम्म दिन दलहरूलाई आग्रह गरेका हुन् । 

समिति गठन गरिँदा संसद्लाई प्रभावकारी बनाउन सकिने उनले बताए । तर, बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन् । 

samsadiya_samiti_1682496343.jpg

‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’ 

संसद्मा उठेका विषयमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेको जानकारी दिएका उनले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १३:५०
Weather Update