News Griha :: न्यूजगृह
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए। 
ठगीमा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ
ठगीमा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) को घुमुवा हुँ भन्दै  स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहटको परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
काठमाडौं उपत्यकामा चहलपहल बढ्दै
काठमाडौं उपत्यकामा चहलपहल बढ्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दसैँमा सुनसान देखिएका सङ्घीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका लागि हरेक वर्ष केही न केही बजेट छुट्याए पनि पर्याप्त नभएको बताए । पालिकाले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारले पनि...
चीन-ताइवान तनाव: ताइवानलाई घेरेर चीनले सुरु गर्‍यो संयुक्त सैन्य अभ्यास
चीन-ताइवान तनाव: ताइवानलाई घेरेर चीनले सुरु गर्‍यो संयुक्त सैन्य अभ्यास ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए। बेइजिङले 'स्वर्ड-२०२४ बी' दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् ।उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ।
सल्यानमा २० दिने सुत्केरीको मृत्यु
सल्यानमा २० दिने सुत्केरीको मृत्यु आइतबार बेलुकी खाना खाएकोपछि एक्कासि  श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि श्रीमान मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए। 
कालीमाटीमा आलुको मूल्य किलोकै १०२ रुपैयाँ पुग्यो, अन्य तरकारीको कति?
कालीमाटीमा आलुको मूल्य किलोकै १०२ रुपैयाँ पुग्यो, अन्य तरकारीको कति? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन्।
इजरायली सैन्य क्याम्पमा हेजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते
इजरायली सैन्य क्याम्पमा हेजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते लेबनानको चरमपन्थी समूह हेजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ।
४ लाख नगदसहित ५ जुवाडे पक्राउ
४ लाख नगदसहित ५ जुवाडे पक्राउ कावासोती वडा नम्बर २ हिमालचोकमा जुवाखेलीरहेको जानकारीका आधारमा ४ लाख ५ हजार नगद सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 
बर्दियाको नेपाल-भारत सिमानामा गोली प्रहार, एक घाइते
बर्दियाको नेपाल-भारत सिमानामा गोली प्रहार, एक घाइते गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए। घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुर्‍याइएको थियो। उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले जनाए।
इजरायलद्वारा गाजाको विद्यालयमा आक्रमण, १५ को मृत्यु
इजरायलद्वारा गाजाको विद्यालयमा आक्रमण, १५ को मृत्यु गाजाको हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले नुसेरात शिविरमा आइतबार तोपको भ्यालीले प्रहार गरेको थियो, जसमा सम्पूर्ण परिवारको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए।
Weather Update