News Griha :: न्यूजगृह
गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एअर एसियाले उडान गर्दै, के छ तयारी?
गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एअर एसियाले उडान गर्दै, के छ तयारी? जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ। दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो।
वर्षाको सम्भावना
वर्षाको सम्भावना आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ। तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
चिसो बढ्यो
चिसो बढ्यो समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ। नेपालबाट मनसुन हिजो असोज २६ गते पूर्ण रूपमा बाहिरिएको हो। मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन्। मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ।
डेँगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखे उपचार गरिँदै
डेँगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखे उपचार गरिँदै पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।
बन्दै छ गौतमबुद्ध क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम
बन्दै छ गौतमबुद्ध क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो। धर्मुससुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ। 
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए। 'हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,' उनले भने, 'मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास...
१४ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारी सार्वजनिक
१४ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारी सार्वजनिक पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन्। उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेसनरी पसल सञ्चालन गर्ने व्यापारी हुन्। किशोरीको शव पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालिएको अवस्थामा भेटिएको थियो।
दसैँमा ससुराली गएका एकजनाको नदीले बगाएर मृत्यु
दसैँमा ससुराली गएका एकजनाको नदीले बगाएर मृत्यु मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
लमजुङमा जीप दुर्घटना
लमजुङमा जीप दुर्घटना टाउकोमा चोट लागेका पाँच जना घाइतेहरूलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाम मै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
कृषिमन्त्री अधिकारी इटाली उडे
कृषिमन्त्री अधिकारी इटाली उडे संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ परस्थान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए।
झापामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
झापामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु गएराति १२ बजे कमल गाउँपालिका ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
सूचना प्रविधिबाट नेपाललाई लाभै लाभ, महिनामै भित्रियो सवा अर्ब
सूचना प्रविधिबाट नेपाललाई लाभै लाभ, महिनामै भित्रियो सवा अर्ब पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रले नेपाललाई राम्रो लाम दिइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरूको काम (प्रडक्ट)अन्य देशहरूमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरूले औँल्याएका छन्।
Weather Update