News Griha :: न्यूजगृह
लमजुङमा जीप दुर्घटना

काठमाडौं— लमजुङको सारिङबाट सदरमुकाम बेँसीसहर जाँदै गरेको जीप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर छ।

ग १ ज ८५५१ नम्बरको जीप आज बिहान ११:२० बजे दुर्घटना भएको थियो।

टाउकोमा चोट लागेका पाँच जना घाइतेहरूलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाम मै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

उनका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १५:३९
Weather Update