एक हजार बढी पर्यटक मन्थलीमा रोकिए मंगलबार, असोज २९, २०८१

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना मंगलबार, असोज २९, २०८१ सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

कित्ताकाट सहज हुँदापनि बढेन घरजग्गा कारोबार मंगलबार, असोज २९, २०८१ भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो। कित्ताकाट रोकिएपछि भदौ २४ मा मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भूउपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको छ।

दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान मंगलबार, असोज २९, २०८१ यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन्।

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालले गर्यो कडा निन्दा मंगलबार, असोज २९, २०८१ आइतबार इजरायली सेना युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफील)को मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।

१३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण मंगलबार, असोज २९, २०८१ अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए ।

घट्न थाल्यो तरकारीको भाउ, हेर्नुहोस् मूल्यसूची मंगलबार, असोज २९, २०८१ कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दसैँका कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ ।

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो मंगलबार, असोज २९, २०८१ विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।

भारतबाट क्यानडाका ६ कूटनीतिज्ञ निष्कासित मंगलबार, असोज २९, २०८१ भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ ।

दसैँमा बन्द भएका सरकारी कार्यालय खुले मंगलबार, असोज २९, २०८१ सरकारी कार्यालयहरूमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो। आजबाट भने सरकारी कार्यालयका सेवाहरू नियमित रुपमा सञ्चालन हुने छन् ।
-1713433948.jpg)
मनकामना केबलकार आजदेखि तीन दिन बन्द मंगलबार, असोज २९, २०८१ केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि सेवा बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

इतिहास रचेकी दावा याङ्जुम शेर्पा मंगलबार, असोज २९, २०८१ चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन् ।

बडादसैँको टीका लगाउने क्रम आज पनि मंगलबार, असोज २९, २०८१ आश्विन शुक्ल पक्षको त्रयोदशी। बडादसैँको टीका लगाउने क्रम मंगलबार पनि जारी छ। मंगलबार ४० घडी १४ पला द्वादशी तिथि छ।









