News Griha :: न्यूजगृह
दसैँमा बन्द भएका सरकारी कार्यालय खुले
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट । फाइल तस्बिर

काठमाडौं— दसैँका बेला बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् ।

सरकारी कार्यालयहरूमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो।  आजबाट भने सरकारी कार्यालयका सेवाहरू नियमित रुपमा सञ्चालन हुने छन् । 

आज दसैँपछिको त्रयोदशी हो । बडादसैँको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दसैँको दिनमात्र टीका लगाउँने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ । खासगरी मान्यजनबाट टाढा भएकाहरू कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् ।

यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दसैँघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री विसर्जन गरेपछि दशैं सकिन्छ । 

दसैँ सकिने सङ्घारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरू आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०७:२३
Weather Update