दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक बुधबार, जेठ ३, २०८०

संक्रमणकालीन न्यायको सिद्धान्तमा प्रतिकूल असर नपार : मानव अधिकार आयोग बुधबार, जेठ ३, २०८० राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई संक्रमणकालीन न्यायको सिद्धान्तलाई प्रतिकूल असर र प्रभाव पर्ने गरी कुनै पनि ऐन संशोधन नगर्न र मुद्दा फिर्ता लिने कार्य नगर्न आग्रह गरेको छ ।

नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुङ्गोमा पुर्याउँछौँ : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३, २०८० उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साफ च्याम्पियनसिप २०२३ : नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत बुधबार, जेठ ३, २०८० साफ च्याम्पियनसिपको २०२३ मा नेपाल कठिन समूहमा परेको छ । साबिक उपविजेता नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत परेका छन् ।

संरक्षक चौधरीलाई जन्मकैद भएपछि नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा बुधबार, जेठ ३, २०८० टीकापुर घटनामा पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला यथावत् राखेपछि नाउपाले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

न्यायपूर्ण नभएपनि सर्वोच्च अदालतको फैसला स्वीकार गर्छु : रेशम चौधरी बुधबार, जेठ ३, २०८० नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेका छन् ।

नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई बुधबार, जेठ ३, २०८० ‘हामीसँग १३ वटा विश्वविद्यालय छन् भन्ने सत्य हो । तर, त्योभन्दा पृथक ढंगले, भिन्न ढंगले यो विश्वविद्यालय सञ्चालन गर्न यो विधेयक प्रस्तुत भएको अवस्था छ,’ उनले भने, ‘अब नयाँ नयाँ प्रयोग गरेर जानुपर्छ । किनभने एउटै खालको परम्परागत ढाँचामा मात्रै चल्ने विश्वविद्यालयहरू लिएर जान उपयुक्त हुँदैन ।’

मन्त्री शर्माको प्रश्न– सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ? बुधबार, जेठ ३, २०८०

गैँडाको खागसहित तीन पक्राउ बुधबार, जेठ ३, २०८० पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भइ ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ काठमाडौ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

नक्कली शरणार्थी प्रकरण : मुद्दा दर्ताको समय नजिकिँदै, अनुसन्धान अझै बाँकी बुधबार, जेठ ३, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा नबुझाउने भएको छ ।यस्तो मुद्दामा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेस गर्नुपर्छ । प्रहरीले अनुसन्धान थालेको बुधबार ५४ दिन भइसक्यो ।

बागमतीमा लम्पी स्किनबाट १८ हजार गाई सङ्क्रमित बुधबार, जेठ ३, २०८० पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाईभैँसीमा देखा पर्न थालेपछि पशुचौपाया मर्न थालेका छन् ।

कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा बुधबार, जेठ ३, २०८० खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरैपटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरूको उपस्थिति बाक्लिन थाल्यो : पूर्वप्रधानमन्त्री खनाल बुधबार, जेठ ३, २०८० नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् ।









