News Griha :: न्यूजगृह
न्यायपूर्ण नभएपनि सर्वोच्च अदालतको फैसला स्वीकार गर्छु : रेशम चौधरी 

काठमाडौं —  नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् । मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा उनमाथिको जन्मकैदको सजाय सदर गर्ने निर्णय गरेको थियो । 

जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायोचित नभएपनि स्विकार्नुको विकल्प नभएको उल्लेख गर्दै चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न ।’ 

यो निर्णय कै कारण न्यायालयप्रतिको भरोसा नटुट्ने उल्लेख गर्दै सबैले सर्वोच्चको निर्णयको सम्मान गरिदिन पनि आग्रह गरेका छन् । उनले आफू डिल्लीबजार कारागारमा रहँदा पनि रत्तिभर विचलित नभएको उल्लेख गर्दै आफू स्वस्थ पनि भएको बताएका । 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:०९
Weather Update