News Griha :: न्यूजगृह
साफ च्याम्पियनसिप २०२३ : नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत

काठमाडौं— साफ च्याम्पियनसिपको २०२३ मा नेपाल कठिन समूहमा परेको छ । साबिक उपविजेता नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत परेका छन् । 

बुधबार भारतमा आयोजित साफ च्याम्पियनसिप २०२३ को ड्र निकाल्ने क्रममा नेपाल समूह ‘ए’मा परेको छ । 

भारतको बेंगलोरमा आगामी असार ६ देखि १८ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा साबिक विजेता भारत र आमन्त्रित कुवेतसँगै पाकिस्तान पनि छ । प्रतियोगिताको समूह ‘बी’मा लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश छन् । फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसिपमा भाग लिएको छैन । 

SaF 31684314118.jpg

च्याम्पियनसिपमा यसपटक कुवेत र लेबनानलाई आमन्त्रित विदेशी टोलीको रूपमा पहिलो पटक समावेश गरिएको छ । 

साफ मुलुकको फुटबल स्तरोन्नतिका लागि यस्तो थालनी गरिएको हो । 

यसअघि बंगलादेशमा आयोजित महिला फुटबलमा आमन्त्रित विदेशी टोलीको रूपमा रुसलाई सहभागी गराइएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:४६
Weather Update