News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् । 

बुधवार ३१औँ मदन—आश्रित स्मृति दिवसको कार्यक्रममा उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे । 

उहाँले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको बताए । 

‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरू नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरू आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ,’ उनले थपे, ‘हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १२:२१
Weather Update