News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रथम महिला सचिव चन्द्रकला किरणको निधन
प्रथम महिला सचिव चन्द्रकला किरणको निधन किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा सेवा गरेकी थिइन्।
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्राडा पन्तसहित, प्राडा अक्कलदेव मिश्र र प्राडा भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो।
मोरङमा एक महिलाको अर्धनग्न शव फेला, श्रीमान् फरार
मोरङमा एक महिलाको अर्धनग्न शव फेला, श्रीमान् फरार सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिममा मुख्यमन्त्रीको प्रतिवाद गर्ने कांग्रेसको निर्णय
सुदूरपश्चिममा मुख्यमन्त्रीको प्रतिवाद गर्ने कांग्रेसको निर्णय नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने भएसँगै बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक...
५३ जिल्लाका ४३६ स्थानमा डढेलो
५३ जिल्लाका ४३६ स्थानमा डढेलो प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए। 'आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ। नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,' उनले भने, 'पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ।'
सर्वोच्चले सिधाकुरालाई अडिओ दिने राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो 
सर्वोच्चले सिधाकुरालाई अडिओ दिने राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो   सर्वोच्च अदालतले सिधाकुरा अनलाइनले सार्वजनिक गरेको 'डार्क फाइल'को अडिओ स्रोतसँग पनि बयान लिने भएको छ ।बिहीबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिधाकुरालाई अडिओ उपलब्ध गराउने ललितपुरका राजकुमार तिमिल्सिनालाई बयानका लागि बोलाउन आदेश दिएको हो।
संघीय संसद्को बजेट अधिवेशन आह्वान
संघीय संसद्को बजेट अधिवेशन आह्वान राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् ।उनले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका छन् ।
कर्णालीमा डुबेर एक जना बेपत्ता
कर्णालीमा डुबेर एक जना बेपत्ता नुहाउने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी सुरु गरेको छ। बिहीबार दिउँसो १२ बजेर ४० मिनेट तिर उनी नदीमा बेपत्ता भएका हुन्।
एयरटेलले इन्टरनेट लिङ्क काटिदिँदा नेपालमा सेवा प्रभावित
एयरटेलले इन्टरनेट लिङ्क काटिदिँदा नेपालमा सेवा प्रभावित केही दिनअघि मात्रै आइस्पानले पत्रकार सम्मेलन गरी कुनै पनि समय इन्टरनेट काटिनसक्ने चेतावनी दिएको थियो। भारतीय कम्पनी एयरटेलले ब्यान्डविथ रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी आफूहरूलाई पत्र पठाएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले कार्यक्रममा बताएका थिए।
पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा  घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। इन्जिनियर बराल, सव–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कर्मचारी सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
एकैपटक ४८ उपसचिवको सरुवा, को कहाँ? [सूचीसहित]
एकैपटक ४८ उपसचिवको सरुवा, को कहाँ? [सूचीसहित] सरकारले एकैपटक ठूलो संख्यामा उपसचिवहरुको सरुवा गरेको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको हो। 
सुकुम्बासीका पक्षमा ओली, भन्छन्– डोजर आतंकले समस्या समाधान हुँदैन 
सुकुम्बासीका पक्षमा ओली, भन्छन्– डोजर आतंकले समस्या समाधान हुँदैन  पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन्। उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए।  बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्ने बताए। 
Weather Update