मेवा खेतीमा रमाउँदा... सोमबार, साउन १५, २०८०

मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता सोमबार, साउन १५, २०८० अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती आइतबार, साउन १४, २०८० सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
थोरै क्षेत्रफलमा धेरै बाघ शनिबार, साउन १३, २०८० ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए ।

अझै केही दिन निरन्तर वर्षाको सम्भावना शनिबार, साउन १३, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् बिनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन् । उनका अनुसार पछिल्लो एक घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो शनिबार, साउन १३, २०८० बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका...

डुरान्ड कप खेल्न आर्मीको टोली भारततर्फ शनिबार, साउन १३, २०८० फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत शनिबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ ।

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा बाबु पक्राउ शुक्रबार, साउन १२, २०८० मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश— पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु शुक्रबार, साउन १२, २०८० पीडित बालकका बुबा ध्रुवकुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । सोही राति शम्भु बिक नामका अर्कै बालकका लागि ल्याइएको खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनाका...

सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत बिहीबार, साउन ११, २०८० धनुषाको लक्ष्मीनिया गाउँपालिका—४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाअनुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पारे ।

तुवागढीमा दिमालुङ स्मारक उद्यान बिहीबार, साउन ११, २०८० यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् । राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो । किरात समुदायले...

रसुवागढी नाकामा चहलपहल बढ्यो बिहीबार, साउन ११, २०८० कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरु भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सधैँ सताइरहने दब्ल्लाङको पहिरो मंगलबार, साउन ९, २०८० निरन्तर झरिरहने दब्ल्लाङको पहिरोले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरू यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् । दक्षिण भेगमा पर्ने बागलुङ नगरपालिका– १२, १३ र १४ वडा, जैमिनी नगरपालिका र बरेङ...