News Griha :: न्यूजगृह
रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवा— चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ ।

कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरु भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् । 

तीन महिनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्याङ्क छ । सो अवधिमा पाँच हजार २३६ महिलासहित १० हजार ६७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताए ।

कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्य देशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि उक्त नाकामा चहलपहल बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा  उत्साह थपिएको छ । रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन् ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:०४
Weather Update