नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : आरजु मंगलबार, साउन ९, २०८०

सामुदायिक वनका पदाधिकारी नै वन फँडानीमा संलग्न आइतबार, साउन ७, २०८० फँडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समिति सदस्य कर्णबहादुर विक र टेकराज ओझालाई स्थानीयले पक्राउ गरी वन कार्यालयमा बुझाएका छन् । पक्राउ परेका दुईसहित १२ जनाविरुद्ध वन मुद्दा दर्ता गरिएको डिभिजनल वन कार्यालयका सूचना अधिकारी डबलबहादुर बोहराले बताए ।

फेवातालबाट निकालियो जलकुम्भी, १२ वर्षअघि देखिएको थियो जलकुम्भी शनिबार, साउन ६, २०८० जलकुम्भी झार कै कारण फेवातालमा पर्यटकलाई डुङ्गा शयर गर्न र तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जानका लागि समस्या परेपछि प्रत्येक हप्ता विभिन्न सङ्घसंस्थाको संयोजनमा तालको जलकुम्भी झार हटाउने कार्य भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

मनाङमा यार्तुङ मेला सुरु शनिबार, साउन ६, २०८० मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए । ‘विशेष गरी नाचेर पर्व मनाउने गरिन्छ,’ उनले भने, ‘यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाइ सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।’ सबै बसाइँसराइले...

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द शनिबार, साउन ६, २०८० हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ ।

सदर चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख बिहीबार, साउन ४, २०८० अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन ।

किन घट्यो राजस्व संकलन ? बुधबार, साउन ३, २०८० पर्साको वीरगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन् ।

जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी बुधबार, साउन ३, २०८० प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म ६ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको बताए ।

‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य बुधबार, साउन ३, २०८० पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आर्कषक संरचना निर्माण गरिँदै छ । ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए ।

एक करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गर्दै हतुवागढी बुधबार, साउन ३, २०८० एक करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान बुधबार, साउन ३, २०८० भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन बुधबार, साउन ३, २०८० कैलालीका भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेनन् । दुई वटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७९/०८० मा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख, ७८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने...

अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल मंगलबार, साउन २, २०८० भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थ मन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा.प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।