News Griha :: न्यूजगृह
लेबनानमा शान्ति सेनामाथि इजरायलको आक्रमण
लेबनानमा शान्ति सेनामाथि इजरायलको आक्रमण इजरायली सेनाले घटनाको जिम्मेवारी लिँदै युनिफिल बेसको वररपल खतरा पहिचान गरी गोली चलाएको दाबी गरेको छ।घटनाको ‘उच्च तहमा’ छानबिन गरिने पनि इजरायली सेनाले स्पष्ट पारेको छ। श्रीलंकाली विदेश मन्त्रालयले शान्ति मिसनमा गएका आफ्ना सैनिक घाइते भएपछि इजरायली हमलाको ‘कडा निन्दा’ गरेको छ। 
को हुन् रतन टाटाको उत्तराधिकारी बन्न लागेका नोएल?
को हुन् रतन टाटाको उत्तराधिकारी बन्न लागेका नोएल? एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राखेका दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ। बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका हुन्। रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए।
अमेरिकाको फ्लोरिडामा भयङ्कर आँधीतुफान, हजार वर्षकै सबैभन्दा बढी बर्षा
अमेरिकाको फ्लोरिडामा भयङ्कर आँधीतुफान, हजार वर्षकै सबैभन्दा बढी बर्षा अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ।जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ। ३ घण्टामा १६ इन्च पानी परेको छ। जुन हरेक ३ महिनामा हुन्थ्यो।
भारतका चर्चित उद्योगपति रतन टाटाको निधन
भारतका चर्चित उद्योगपति रतन टाटाको निधन भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।बुधबार राति मुम्बईको एक अस्पताल उनको निधन भएको हो।
भारतको जम्मु–कस्मिरमा एक दशकपछि स्थानीय सरकार गठन हुँदै, कांग्रेस गठबन्धनलाई बहुमत
भारतको जम्मु–कस्मिरमा एक दशकपछि स्थानीय सरकार गठन हुँदै, कांग्रेस गठबन्धनलाई बहुमत भारत प्रशासित कस्मिरका मतदाताले विगत एक दशकपछि पहिलोपटक मङ्गलबार आफ्नो सरकार चयन गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ अगस्ट ५ मा धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाएर र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो।
मध्यपूर्व तनावका कारण तेलको मूल्यवृद्धि
मध्यपूर्व तनावका कारण तेलको मूल्यवृद्धि मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख शेयर बजारमा गिरावट आएको छ।
इजरायलले हेजबुल्लाहका नयाँ प्रमुखको पनि गर्‍यो ‘सफाया’
इजरायलले हेजबुल्लाहका नयाँ प्रमुखको पनि गर्‍यो ‘सफाया’ इजरायली सेनाले हेजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता लेबनानको बेरुतमा आक्रमण गरेर हेजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको समाचारहरूमा जनाइएको छ।
लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण 
लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण  इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ। हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो। यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन।
मध्यपूर्व थप तनावग्रस्त: इजरायलमा इरानले हान्यो ब्यालेस्टिक मिसाइल, नेतन्याहू भन्छन्– ठूलो मूल्य चुकाउनुपर्छ
मध्यपूर्व थप तनावग्रस्त: इजरायलमा इरानले हान्यो ब्यालेस्टिक मिसाइल, नेतन्याहू भन्छन्– ठूलो मूल्य चुकाउनुपर्छ इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै नेतन्याहूले शत्रुविरुद्ध बदला लिन कटिबद्ध रहेको भन्दै इरानलाई चेतावनी दिएका हुन्। इजरायलको डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता डयानियल हगारीले आज मध्यपूर्वमा इजरायली वायु सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताए।
इजरायली आक्रमणमा हेजबुल्लाह प्रमुख मारिए
इजरायली आक्रमणमा हेजबुल्लाह प्रमुख मारिए इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । आक्रमणमा हेजल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युद्धविराम गर्न इजरायलको अस्वीकार, नेतान्याहुले दिए लेबनानमा ‘पूर्ण युद्ध जारी राख्न’ निर्देशन
युद्धविराम गर्न इजरायलको अस्वीकार, नेतान्याहुले दिए लेबनानमा ‘पूर्ण युद्ध जारी राख्न’ निर्देशन अमेरिकालगायत १२ देशले युद्धविरामका लागि आग्रह गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन्।
बेलायतले लगानी सम्मेलनमा एलन मस्कलाई नबोलाउने
बेलायतले लगानी सम्मेलनमा एलन मस्कलाई नबोलाउने गत महिना साउथपोर्टमा छुरा प्रहार गरी तीन बालिकाको हत्या भएपछि देशभर हिंसात्मक झडप भएको थियो। यसपछि मस्कले बेलायतका प्रधानमन्त्री किअर स्टार्मरलाई आफ्नो सामाजिक सञ्जाल एक्समा लगातार हमला गर्दै देश गृहयुद्ध तर्फ गइरहेको उल्लेख गरेका थिए।
Weather Update