News Griha :: न्यूजगृह
इजरायलले हेजबुल्लाहका नयाँ प्रमुखको पनि गर्‍यो ‘सफाया’
Anwar Amro/AFP/Getty Images/File

काठमाडौं— इजरायली सेनाले हेजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ।

यसै हप्ता लेबनानको बेरुतमा आक्रमण गरेर हेजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको समाचारहरूमा जनाइएको छ।

यसबारे इजरायली डिफेन्स फोसेर्ज आईडीएफले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर इजरायली सेनाले राजधानी बेरुतसहित कयौँ शहरमा एकैपटक निशाना बनाएर शक्तिशाली बम वर्षा गरेको समाचारहरुमा जनाइएको छ।

न्यूयोर्क टाइम्सका अनुसार गएराति इजरायलले बेरुतको आकाशबाट बम वर्षा गराएको छ। जसले कयौँ आवासीय भवनहरू ध्वस्त भएको आशङ्का छ। जसमा १८ जनाले ज्यान गुमाएको जनाएको छ। तर, क्षतिको विवरण भने आइसकेको छैन।

इजरायलले बेरुतलगायतका क्षेत्रमा स्थलगतसहित हवाई आक्रमणलाई तीव्र बनाइरहेको छ। उसले हेजबुल्लाहका नेता र पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। निरन्तरको इजरायली आक्रमणबाट लेबनानमा लाखौँ मानिस विस्थापित भइसकेको समाचारहरूमा जनाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १०:०५
Weather Update