
काठमाडौं— भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ। कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्टमा गोली हानेर हत्या भएको हो।
छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो। अस्पतालमै उनको मृत्यु भएको हो।
उनी ४८ वर्षदेखि कांग्रेसमा थिए। यसै वर्षको फेब्रुअरी महिनामा उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए।
भारतीय मिडियाहरुका अनुसार उनको हत्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुमाथि सोधपुछ चलिरहेको छ।
उनी छोरा जिशानको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानेको थियो। मुख्यमन्त्री एकनाथ शिन्देले बाबा सिद्धिकीको मृत्यु भएको र घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
अरु दुई जना भने फरार छन्।