दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिँदैमंगलबार, असोज १, २०८१

मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा आइतबार, भदौ ३०, २०८१ अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्।

कोलकाता बलात्कार घटना: मेडिकल कलेजका पूर्वप्रमुख र पुलिस इन्चार्ज पक्राउ आइतबार, भदौ ३०, २०८१ भारतीय मिडियाका अनुसार सीबीआईले उनीहरूलाई प्रमाणसँग छेडछाड गरेको, बेपत्ता पार्ने र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो। अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेस गरिने छ।

म्यानमारमा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो आइतबार, भदौ ३०, २०८१ म्यानमारमा यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन्। म्यानमार, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।

म्यानमारमा आँधीले ३३ को मृत्यु, २ लाखभन्दा बढी विस्थापित शनिबार, भदौ २९, २०८१ म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन्। बीबीसीका अनुसार देशको सत्तारुढ सैनिक सरकार (जुन्टा)ले प्रभाव कम गर्न विदेशी सहायताका लागि अनुरोध गरेको छ। राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ।

जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल शुक्रबार, भदौ २८, २०८१ सर्वोच्च अदालतको आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन्। तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन्।

केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत शुक्रबार, भदौ २८, २०८१ भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन्। केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत दिएको हो। अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ।

ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार शुक्रबार, भदौ २८, २०८१ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन्। ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरेपनि सर्वेक्षणहरूले भने ह्यारिसले जितेको देखाएका छन्।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन बिहीबार, भदौ २७, २०८१ भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो।

गाजाको एक विद्यालयमा इजरायली सेनाको आक्रमण, राष्ट्रसङ्घका कर्मचारीसहित १९ को मृत्यु बिहीबार, भदौ २७, २०८१ आश्रयस्थलका प्रबन्धकसहित राष्ट्रसङ्घीय सहायता एजेन्सी उनर्वाका ६ जना कर्मचारी पनि ज्यान गएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन्।

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लञ्च गरिन् 'डिभोर्स' परफ्युम ! बुधबार, भदौ २६, २०८१ शेख माना शेख मोहम्मद बिन राशिद बिन मना अल मकतूमका छोरा हुन्। उनी यूएईमा जिसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी, एमएम ग्रुप अफ कम्पनी, दुबई टेक र अल्बर्डा ट्रेडिङ लगायतका धेरै सफल व्यवसायिक उद्यमहरूमा संलग्न छन्। शेख मनको कुल सम्पत्ति करिब १.५ बिलियन डलर रहेको अनुमान गरिएको छ।

इजरायको हमास कमान्ड सेन्टर लक्षित आक्रमण: ४० जनाको मृत्यु मंगलबार, भदौ २५, २०८१ इजरायली सेनाले उक्त क्षेत्रको हमास कमान्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । गाजाको दक्षिणी सहर खान युनिसको अल–मवासीमा आक्रमण पछि दशौं हजार विस्थापित प्यालेस्टिनीले त्यहाँ शरण लिएका थिए ।

बमको धम्कीपछि जर्मनी जाँदै गरेको भारतीय विमान टर्कीमा आपतकालीन अवतरण शनिबार, भदौ २२, २०८१ भारतको मुम्बईबाट जर्मनीको फ्रयाङ्कफर्ट जाँदै गरेको एअर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपतकालीन अवतरण गरेको छ।