बमको धम्कीपछि जर्मनी जाँदै गरेको भारतीय विमान टर्कीमा आपतकालीन अवतरण

काठमाडौं— भारतको मुम्बईबाट जर्मनीको फ्रयाङ्कफर्ट जाँदै गरेको एअर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपतकालीन अवतरण गरेको छ।
२४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो। धम्की दिनेको खोजी भइरहेको बताइएको छ। भारतको टाटा समूह र सिङ्गापुर एअरलाइन्सको संयुक्त उद्यम भिस्टाराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन।
टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन्।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ १०:४०