News Griha :: न्यूजगृह
५४ यात्रु लिएर सुर्खेतबाट आएको श्री एअरलाइन्सको जहाज काठमाडौंमा आकस्मिक अवतरण
५४ यात्रु लिएर सुर्खेतबाट आएको श्री एअरलाइन्सको जहाज काठमाडौंमा आकस्मिक अवतरण कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको  ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेका थिए । सोही अनुसार जहाज सकुशल अवतरण भइसकेको उनले जानकारी दिए ।
ललिता निवास प्रकरण: विजय गच्छदारले पाए सफाइ
ललिता निवास प्रकरण: विजय गच्छदारले पाए सफाइ काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्त विजय कुमार गच्छदारले सफाइ पाएका छन्।विशेष अदालतले बिहीबार फैसला सुनाउँदै नेपाली कांग्रेसका उपसभापति समेत रहेका गच्छदारविरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो। 
ललिता निवास प्रकरण: पूर्वसचिव छविराज पन्त र दिप बस्न्यातसहित सरकारी कर्मचारी दोषी ठहर
ललिता निवास प्रकरण: पूर्वसचिव छविराज पन्त र दिप बस्न्यातसहित सरकारी कर्मचारी दोषी ठहर ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका पूर्व सचिव छविराज पन्त र दिप बस्न्यातसहित सरकारी कर्मचारीहरु दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाउँदै पूर्वसचिवसहित सरकारी कर्मचारीहरुलाई दोषी ठहर गरेको हो। 
ललिता निवास प्रकरण: सरकारी जग्गा व्यक्तिको बनाउन भूमिका खेल्ने विचौलिया दोषी ठहर
ललिता निवास प्रकरण: सरकारी जग्गा व्यक्तिको बनाउन भूमिका खेल्ने विचौलिया दोषी ठहर काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित विचौलियाको भूमिकामा रहेका व्यक्तिहरु दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाउँदै सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्नेलाई दोषी ठहर गरेको हो। 
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा सञ्चालन हुने शाखाले जनाएको छ। परीक्षा १ दिनमा ५ सिफ्टमा सञ्चालन गरिनेछ। १ दिनमा १ हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी...
साथीको कोठामा लगेर नाबालिकामाथि बलात्कार गर्ने युवक पक्राउ
साथीको कोठामा लगेर नाबालिकामाथि बलात्कार गर्ने युवक पक्राउ  ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेशले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको  सिरहा प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले बताए ।  लहान नगरपालिका- १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेशले नाबालिकामाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उच्च शिक्षामा नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
उच्च शिक्षामा नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।बिहीबार भारतीय विश्वविद्यालय संघ(एआईयू) उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बहुसंख्यक युवा र उनीहरूसँग सम्बन्धित स्रोतहरू स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य संस्थाले काठमाडौं महानगरलाई मासिक प्रतिवेदन बुझाउनुपर्ने
स्वास्थ्य संस्थाले काठमाडौं महानगरलाई मासिक प्रतिवेदन बुझाउनुपर्ने काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ। 
५ लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी विमानस्थलबाट पक्राउ, दुबईबाट आएका थिए नेपाल
५ लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी विमानस्थलबाट पक्राउ, दुबईबाट आएका थिए नेपाल ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा)सहित दुई पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।
प्रहरी अधिकारीलाई गृहमन्त्रीले भने– दबाब र प्रभावमुक्त भएर काम गर्नूस्
प्रहरी अधिकारीलाई गृहमन्त्रीले भने– दबाब र प्रभावमुक्त भएर काम गर्नूस् उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्। 
दक्षिणको मौलिक ज्ञानले हल गर्छ विश्वको समस्या :  प्रधानमन्त्री
दक्षिणको मौलिक ज्ञानले हल गर्छ विश्वको समस्या :  प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन्। 
पाकिस्तानको नयाँ राष्ट्रपतिमा जर्दारीको चर्चा
पाकिस्तानको नयाँ राष्ट्रपतिमा जर्दारीको चर्चा नयाँ सरकारमा पीएमएल–क्यू प्रमुख चौधरी शुजात हुसैन र आसिफ अली जर्दारीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसबाहेक नवाज शरीफ पनि त्यहाँ हुनेछन्, तर उनले सरकारमा कुनै पद लिने छैनन् ।
Weather Update