हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्युमंगलबार, असोज २२, २०८१
-1728365937.jpg)
पुण्य गौतममाथि निर्घात कुटपिट मंगलबार, असोज २२, २०८१ गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।

काठमाडौंवासीले आज साँझदेखि मेलम्चीको पानी पाउने मंगलबार, असोज २२, २०८१ वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण पानी ल्याउन सकिएको थिएन। मेलम्ची सङ्घर्ष समितिसँग गएराति १० बजेसम्म भएको वार्तामा सहमति भएसँगै साँझदेखि पानी काठमाडौं ल्याउन लागेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए।

संघीय सरकारलाई धरानका मेयरको चिठी– लौन सरकार खत्रा लाग्नु पर्यो! मंगलबार, असोज २२, २०८१ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई पत्र लेखेर दुर्गन्धमुक्त फोहोर व्यवस्थापन गर्ने स्थल (स्यानटरी ल्यान्डफिल साइट) बनाउन बजेटको माग गरेका छन्।

आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले मंगलबार, असोज २२, २०८१ असोज १२ को बाढीले बागमती पुलको आधा भाग बगाएको थियो। ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु मंगलबार, असोज २२, २०८१ कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेलौरी–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरीको मृत्यु भएको सवडिभिजन वन कार्यालय कुण्डाले जनाएको छ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने मंगलबार, असोज २२, २०८१ महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए।

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना मंगलबार, असोज २२, २०८१ जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ।

पोखराको बुद्धचोकमा आगलागी मंगलबार, असोज २२, २०८१ कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ।कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्क प्रालिमा गएराति आगलागी भएको हो।

दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा मंगलबार, असोज २२, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका ८ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ।

४३ युट्युब च्यानललाई कारवाही गर्न प्रेस काउन्सिलले गर्यो साइबर ब्युरोलाई पत्राचार सोमबार, असोज २१, २०८१ एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो। काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारवाहीका लागि प्रहरीमा पठाउँदै आएको छ।

फूलपातीमा निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा उडान गर्ने सोमबार, असोज २१, २०८१ दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउने उद्देश्यले निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने निर्णय गरेको हो। निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

स्रोत नखुलेको १९ लाखसहित २ जना पक्राउ सोमबार, असोज २१, २०८१ उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यूरोडबाट सोमबार पक्राउ गरेको हो। साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९ लाख रुपैयाँ स्रोत नखुलेको रकम प्रहरीले बरामद गरेको छ।