सामान्य बन्दै हवाई उडान, टिकट पाउन भने मुस्किलमंगलबार, असोज २२, २०८१

मेलम्चीको पानी काठमाडौंमा, एक दिन बिराएर वितरण गरिने मंगलबार, असोज २२, २०८१ खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन्।

काठमाडौं उपत्यकासहित थप यी स्थानबाट बाहिरियो मनसुन मंगलबार, असोज २२, २०८१ मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार जारी गरेको मनसुन बहिर्गमन बुलेटिन–२ अनुसार आज (असोज २२ गते) कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै क्षेत्र साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भेग र मधेस प्रदेशका पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको हो।

राष्ट्रपतिले असोज २६ गते ३ देखि ५ बजेसम्म दसैँको टीका लगाइदिने मंगलबार, असोज २२, २०८१ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरूका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन्।

सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण, रेडियो नेपाल र नेपाल टेलिभिजन अब एउटै संस्था बन्ने मंगलबार, असोज २२, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल तथा नेपाल टेलिभिजन लाई एकीकृत गरी एउटै छानामुनिबाट सञ्चालन गर्न उक्त कानुन ल्याइएको छ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु मंगलबार, असोज २२, २०८१ दुर्घटनामा मोटरसाइकल चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवरको मृत्यु भएको हो।

धवलागिरिमा ५ जना आरोहीको मृत्यु मंगलबार, असोज २२, २०८१ धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ। आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।
-1728379575.jpg)
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना मंगलबार, असोज २२, २०८१ नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ। असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ मंगलबार, असोज २२, २०८१ ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो। सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने मंगलबार, असोज २२, २०८१ आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

सीतापाइलामा चारवटा सवारीसाधन आपसमा ठोक्किए, मोटरसाइकल चालक घाइते मंगलबार, असोज २२, २०८१ काठमाडौंको सीतापाइलामा चार वटा गाडी आपसमा ठोक्किएका छन्। मंगलबार साढे ११ बजे तिर सीतापाइला चोक नजिकै चार वटा सवारीसाधन ठोक्किएका हुन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र डीआई गाडी दुर्घटनामा परेका हुन्।

तालबाराही मन्दिर पुननिर्माण गरिँदै मंगलबार, असोज २२, २०८१ तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी, कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ। स्थानीयवासी वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए। पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरूपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने...

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु मंगलबार, असोज २२, २०८१ दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।