किर्ते प्रकरण
सांसद सुनिल शर्मा पक्राउबारे सभामुखलाई जानकारी दिँदै प्रहरी

काठमाडौं—संघीय सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद् सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सांसद शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । शर्मा पक्राउको जानकारी दिन संघीय संसद् सचिवालयमा सीआईबी पुगेको छ ।
कीर्ते कागजातमा अनुसन्धान गर्न सांसद शर्मालाई सीआईबीले उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको हो ।
कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १७:३०