
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सांसद आरजु राणाको नाम लिइएको अडिओ सन्देश शर्माको आवाजसँग मिलेको पाइएको प्रहरीले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् । राणाले आफ्नो नाम जोडेर फेक अडिओ सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।
त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडिओ टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटकको सिंगापुर कार्यालयसँग जानकारी मागेको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।
आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडिओ फेक भएको दाबी गरेकी थिइन् ।
यो पनि पढ्नुहोस
आरजुको अडिओ नक्कली भएको अर्थमन्त्री महतको दाबी
गलत टेप सार्वजनिक गरेर मेरो चरित्र हत्या गरियो : आरजु देउवा
के आरजु सिङ्गापुर भागेकी हुन् ?