News Griha :: न्यूजगृह
आरजु राणा पुगिन् साइबर ब्युरो 

काठमाडौं—  नेपाली कांग्रेसका नेता आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् । 

कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ फेक रहेको दाबी गर्दै उनले उक्त अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । 

arzu-nibedan1683717556.jpg

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:५२
Weather Update